दफा ९
थुनुवा र कैदीहरूको सिधा खर्च र लुगा सम्बन्धी व्यवस्था
कारागारमा थुनिएका वाकैद परेका थुनुवा वा कैदीहरू र त्यस्ता थुनुवा र कैदीहरूको दफा (८) को उपदफा (१) र (२) मा उल्लेख भएका नाबालक छोरा छोरीलाई तोकिए बमोजिम सिधा खर्च र लुगा दिइनेछ । तर–
(क) कैद नठेकिई एकवर्ष सम्म वा सो भन्दा बढी थुनामा रहेको थुनुवालाई लुगा दिइनेछ ।
(ख) कुनै थुनुवा वा कैदीले आफ्नो सिधा र लुगाको व्यवस्था आफ्नै खर्चमा गर्न चाहेमा तोकिए बमोजिम निजलाई त्यस्तो व्यवस्था
गर्न दिइनेछ ।